एनभीएले खोल्यो विराटनगरमा पहिलो प्रदेश कार्यालय नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) को विराटनगरमा प्रदेश कार्यालय स्थापना भएको छ । एनभीएको सातै प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने रणनीतिअनुसार पहिलो पटक प्रदेश–१ को कार्यालय विराटनगरमा स्थापना भएको हो । एनभीए केन्द्रीय अध्यक्ष ई. ऋषि कोइराला र एनभीए पूर्वाञ्चल च्याप्टरका अध्यक्ष ई. अमोद आचार्यले संयुक्तरुपमा कार्यालयको उद्घाटन गरेको एनभीएका केन्द्रीय सचिव ई. दिनेश पाठकले जानकारी दिए । उनका अनुसार आगामी दिनमा क्रमशः सातै प्रदेशमा एनभीएको प्रदेश कार्यालय स्थापान गरेर धितो मूल्यांकन क्षेत्रमा रहेका सक्रिय इन्जिनियरलाई एकीकृत गर्ने र यस क्षेत्रलाई थप व्यवस्थित बनाउँदै लैजाने काम हुनेछ ।