News

news_banner
Jun-15-2022

Criteria for CDR report writinएनभीए गण्डकी प्रदेश कार्यालय उद्घाटन, पोखरा च्याप्टरमा नयाँ कार्य समितिg

Criteria for CDR report writinएनभीए गण्डकी प्रदेश कार्यालय उद्घाटन, पोखरा च्याप्टरमा नयाँ कार्य समितिg

एनभीए गण्डकी प्रदेश कार्यालय उद्घाटन, पोखरा च्याप्टरमा नयाँ कार्य समिति ई. राजेन्द्र लिगलको अध्यक्षतामा पोखरामा नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) को चौंथो कार्य समिति निर्वाचित भएको छ। सो च्याप्टरमा १३ सदस्यीय कार्य समिति रहेको छ । जसको उपाध्यक्षमा ई. सुरेन्द्रबहादुर गोदार, सचिवमा ई. राजेश भट्टराई र कोषाध्यक्षमा ई. ब्रिजेन्द्र केसी निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा ई. आरसी शर्मा, ई. सुरेन्द्र पाण्डे, ई. कौशल जिसी, ई. नारायण तिमिल्सिना, ई. अनुप श्रेष्ठ, ई. आनन्द सापकोटा, ई. हरिप्रसाद अधिकारी, बुद्दिप्रसार अधिकारी र रविन्द्र मुल रहेका छन् । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक ईश्वरी प्रसाद भट्टराईको प्रमुख आथित्य, एनभीए केन्द्रका अध्यक्ष ई. ऋषि कोइरालाको विशेष आथित्य तथा एनभीए सचिव ई. दिनेश पाठक, एनभीए पोखराका संस्थापक अध्यक्ष आ. बाबुराम बराल, नेईए गण्डकी प्रदेशका उपाध्यक्ष ई. ध्रुबराज भट्टराईलगायतको आथित्यमा पाचौँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो । प्रमुख अतिथि भट्टराईले धितो मूल्यांकन क्षेत्रमा काम गर्ने इन्जिनियरहरुका समस्याका विषयमा राष्ट्र बैंक गम्भीर रहेको बताउँदै पोखराको सवालमा आफूहरु सहकार्य गर्न तयार रहेको बताएका थिए । नेईभीएका अध्यक्ष कोइरालाले मोफसलमा मूल्यांकन कार्य व्यवस्थित ढंगले संचालन गर्नुपर्ने र मूल्यांकनकर्ताहरु एकजुट भएर समस्या तथा चुनौतीको सामना गर्नुपर्ने बताएका थिए । सो अवसरमा बोल्ने अन्य मूल्यांकनकर्ता इन्जिनियरहरुले काठमाडौंबाहिर धितो मूल्यांकन क्षेत्रमा विभिन्न समस्याहरु रहेको भन्दै त्यसको समाधानका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका थिए । तत्कालिन अध्यक्ष तथा कार्यक्रममा सभापति ई. राजेन्द्र प्रजुले एनभीए पोखराको काम, कारबाही र मूल्यांकनकर्ताको पक्षमा भएका उपलब्धीबारे बोलेका थिए । उनले निर्वाचित नयाँ कमिटीलाई बधाईं समेत दिए । साथै, शनिबार नै पोखरामा एनभीएको गण्डकी प्रदेश कार्यालयको पनि उद्घाटन गरिएको छ । एनभीएले सातै प्रदेशमा आफ्नो कार्यालय खोल्ने रणनीतिअनुसार गण्डकी प्रदेशको कार्यालय पोखरामा खोलेको हो ।