काठमाडौं, असोज ५ । नेपाल भ्यालुयर्स एसोसिएसनको छैटौँ अधिवेशनले सञ्जय महतोको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।शुक्रबार भएको अधिवेशनबाट एसोसिएसनको उपाध्यक्षमा मुक्ति पाण्डे, दीनेशकुमार पाठक, विकास वाग्ले, मनिष कर्ण, यमलाल पाण्डे र प्रज्ञान घिमिरे चयन भएका छन् । यसैगरी महासचिवमा अशोक सिलवाल, सचिवमा रविन्द्र अधिकारी र कोषाध्यक्षमा सन्देश श्रेष्ठ निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमिति सदस्यमा सचिन भट्टराई, श्रीबोध ज्ञवाली, आश्मा पोखरेल, उपेन्द्र लुईटेल, हृदय खड्का र सरोज श्रेष्ठ निर्वाचित भएका छन् ।अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा सङ्लग्न १ हजार २ सय वढि इञ्जिनियरको सहभागिता रहेको जनाइएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिका संयोजक इन्जिनियर सुवास जोशीले प्रमाणपत्र वितरण गरे ।अधिवेशनका लागि जोशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठत्त गरिएको थियो । समितिको सदस्यमा अधिवक्ता नारायण कोइराला र इञ्जिनीयर अमित थकाली थिए। एसोसिएसन नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र मुख्यतया आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा कार्यरत व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन गर्ने इन्जिनियरको संस्था हो । प्रस्तुत विवरणा रिपाेट्रस नेपालकाे पोट्रलवाट साभार गरिएकाे हाे । https://reportersnepal.com/2024/09/1002754/?fbclid=IwY2xjawFbZvdleHRuA2FlbQIxMQABHS96YuZ2-R4jl4qB6zygSNYUo35IfNtejuRs6o6h850qnRybuHmMFJXS2w_aem_Dj0OedaY-yajMFhLUyOpmg