काठमाडौं,२१ मंसिर । नेपाल भ्यालुयर्स एसोसिएशनले नेपाल राष्ट्र बैंकद्धारा प्रस्तुत धितो मुल्यांकनकर्ता सम्बन्धि मस्यौदा सम्बन्धमा सल्लाहकार र सदस्यहरुसँग बृहत छलफल गरेको छ । राष्ट्र बैंकद्धारा प्रस्तुत धितो मुल्यांकनकर्ता सम्बन्धि मस्यौदा सम्बन्धमा गहन छलफल गरेर अघि बढ्नुपर्नेमा सहभागी मुल्यांकनकर्ताहरुले जोड दिएका छन् । मध्य बानेश्वरको एक होटलमा शुक्रबार आयोजना गरिएको सो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै एशोसियशनका अध्यक्ष ई.संजय कुमार महतोले एशोसियशनले पुरानै कामलाई निरन्तता दिंदै नयाँ कामहरुको पनि थालनी गरिरहेको जानकारी दिनुभयो । इन्जिनियरहरुले आफ्नो भ्यालु आफै बढाउनु पर्नेमा जोड दिंदैं महतोले त्यसका लागि सबैको साथ आवश्यक रहेको बताउनु भयो । एशोसियशनले भ्यालुयर्स इन्जिनियरहरुको समस्यालाई लिएर राष्ट्र बैंकलाई समेत दबाब दिइरहेको पनि बताउनु भयो ।इन्जिनियर मुंल्यांकनकर्तालाई काम गर्न सहज बनाउन जुन सुकै काममा साथ दिन पनि आफु र आफ्नो संस्था तयार रहेको नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष ई.सुवासचन्द्र बरालले बताउनु भयो । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरालले भन्नुभयो,“इन्जिनियरहरुका समस्या र चुनौतिहरुलाई सम्बन्धित ठाउँमा झक्झकाउने, पुराउने कार्यमा तपाईहरुलाई हाम्रो सधै साथ रहनेछ ।” उहाँले इन्जिनियरहरुको समस्या समाधानको कार्यान्वयनमा चुनौती रहेको बताउनु भयो । एशोसियनशनका समस्या धेरै रहेको उल्लेख गर्दै उहाँले चुनौतीका बाबजुद पनि कार्य सम्पादन गरिहेको भन्दै भ्यालुयर्स एशोसियनको प्रशंसा गर्नुभयो । उहाँसँगै भ्यालुयर्स एशोसिएनको पक्षमा लड्न इन्जिनियर एशोसिएशन सधै तयार रहेको समेत स्पष्ट पार्नु भयो । https://nepalipen.com/2024/12/16510/?fbclid=IwY2xjawHcds9leHRuA2FlbQIxMQABHaXLUau_gHG-CIzKbF8SD9L3TJ4D6sKS_MiX9jiHR-HHklTnO8PYnXcf-A_aem_W6pcJLwznjBwYOCPI77W5A